काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको हो। भेटमा प्रधानमन्त्रीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेका छन्।
त्यस्तै अहिलेसम्म बेलायतले गरेको सहयोगका लागि सरकारको तर्फबाट आभार व्यक्त गरेका छन्।