बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रसंघमा कार्यरत नेपालीद्वारा आविष्कार केन्द्रलाई झण्डै १२ लाख सहयोग

राष्ट्रसंघमा कार्यरत नेपालीद्वारा आविष्कार केन्द्रलाई झण्डै १२ लाख सहयोग

कोरोना भाइरसको महामारीमा काम गरिरहहेको राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त राष्ट्रसंघमा कार्यरत नेपाली कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं- कोरोना भाइरसको महामारीमा काम गरिरहहेको राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त राष्ट्रसंघमा कार्यरत नेपाली कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन्। संयुक्त राष्ट्रसंघ अन्तर्गत अफगानिस्तान र इराकमा कार्यरत ३३ जना नेपाली नागरिकले आविष्कार केन्द्रलाई ११ लाख ८९ हजार ३ सय ७७ रुपैयाँ सहयोग गरेका हुन्। 

कोरोना भाइरसविरुद्ध आविष्कार केन्द्रले सराहनीय काम गरेको र त्यसमा सहयोग होस् भन्ने हेतुले आफूहरुले सहयोग गरेको सहयोगीमध्ये एकजना राष्ट्रसंघीय कर्मचारी धर्मानन्द जोशीले जानकारी दिए। भने, 'केन्द्रलाई राहत र ऊर्जा मिलोस् भनेर यो काम गरिएको हो।'

अफगानिस्तानमा कार्यरत ३१ जना र इराकमा कार्यरत २ जना नेपालीले संकलन गरेको सहयोग रकम राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई हस्तानतरण गरिसकिएको छ। सहयोग रकम हस्तान्तरणपछि केन्द्रका अध्यक्ष पुनले सहयोगीहरुलाई धन्यवाद दिए।

सहयोगी समूहले महामारीबाट बच्न भीडभाड नगर्न, शारीरिक दूरी कायम गर्न, मास्क लगाउन र साबुनपानीले नियमित हात धुनसमेत आग्रह गरेको छ।

प्रकाशित: May 20, 2021| 08:03 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।