काठमाडौं - पूर्व सूचना तथा साञ्चार मन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले हेटौंडामा बादल लागेको मात्र नभएर पानीले स्वागत पनि गरिरहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'हेटौंडमा बादल मात्र लागेको छैन, पानीले स्वगत पनि गरिरहेको छ। मौसम राम्रो छ।'
सामाजिक सञ्जालमा गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई व्याङ्गे गर्दै विभिन्न ट्वीट आइरहेको समयमा बाँस्कोटाको यस्तो ट्वीट आएको हो।
आज वागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन जारी छ। निर्वाचनमा एमाले भर्सेस एमाले उम्मेद्वारबीच प्रतिस्पर्धा भइरहेको छ। निर्वाचनमा एमालेबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल एमालेकै नेता डा. खिमलाल देवकोटा चुनावी मैदानमा छन्।