बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात मन्त्रीविरुद्धको मुद्दाको पेशी पनि प्रधानन्यायाधीशकै इजलासमा

सात मन्त्रीविरुद्धको मुद्दाको पेशी पनि प्रधानन्यायाधीशकै इजलासमा

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्दै गैर सांसदका रुपमा दोस्रो पटक मन्त्री भएका सातजनाविरुद्ध दायर भएको रिट निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा पेशी तोकेका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्दै गैर सांसदका रुपमा दोस्रो पटक मन्त्री भएका सातजनाविरुद्ध दायर भएको रिट निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा पेशी तोकेका छन्।

प्रधानमन्त्रीको शपथ र मन्त्री नियुक्ति विवाद पनि आफ्नै इजलाशमा तोकेका प्रधानन्यायाधीशले सातजना मन्त्रीविरुद्धको रिट निवेदनको पेशी पनि आफ्नै इजलासमा तोकेका हुन्। 

पहिलो रिट निवेदनमा अन्तरिम आदेश माग दावी नभएको भन्दै केही गरिरहन नपर्ने आदेश गरेका थिए।

त्यसपछि पुनः मन्त्रीहरुको नियुक्त बदर गरि पदमुक्त गराइ पाउँ भन्दै रिट निवेदन दर्ता भएको हो। उक्त रिट निवेदनको आज पेशी तोकेर सुनुवाइ हुन लागेको हो। अधिवक्ता कपिलमणि ढकालले रिट दायर गरेका थिए। 

प्रधानमन्त्रीको सपथका विषयमा सर्वोच्चले सरकार र निवेदकहरुको लिखित जवाफपछि यसमा अन्तिम सुनुवाई गर्दै निर्णय गर्ने भनेको छ। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपति कार्यालय र अन्य विपक्षीहरूसँग १५ दिनभित्रमा लिखित रुपमा जवाफ पेश गर्न भनेको छ।

प्रकाशित: May 20, 2021| 07:20 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।