बुधबार, भदौ १०, २०८३

बाँकेमा थप आठ संक्रमितको मृत्यु

बाँकेका बिभिन्न अस्पतालमा उपचाररत २८ वर्षीया महिलासहित थप आठ संक्रमितको गए राति मृत्यु भएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

नेपालगन्ज - बाँकेका बिभिन्न अस्पतालमा उपचाररत २८ वर्षीया महिलासहित थप आठ संक्रमितको गए राति मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र शिक्षण अस्पताल कोहलपुरमा एक गरी आठ सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँके निवासी २८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ निवासी ८५ वर्षीय पुरुष, बाँसगढी नगरपालिका–४ बर्दिया निवासी ४२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–३ दाङ निवासी ६५ वर्षीय पुरुषको गए राति उपचारका क्रममा कारण मृत्यु भएको हो।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमै उपचाररत बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४५ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–४ कैलाली निवासी ४५ वर्षीय पुरुष र गुलरिया नगरपालिका–४ बर्दिया निवासी ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ।

शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राप्तीसोनारी गाउँपालिका–६ बाँके निवासी ५४ वर्षीय पुरुषको आज बिहान १:२० बजे मृत्यु भएको छ। यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २१४ र जिल्लाकै २५६ गरी ४७० जनाको मृत्यु भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बए। रासस

प्रकाशित: May 20, 2021| 07:08 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।