काठमाडौं - नातामा भाउजु पर्ने अनिता यादवको हत्या आरोपमा प्रहरीले रंगेली नगरपालिका-३ का १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको छ।
रंगेली-३ तिलुवा चौक बस्ने बेचन यादवकी श्रीमति अनिता यादवलाई विनोदले घाटी रेटी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
मृतक अनिता र विनोदबीच सामान्य विवाद हुँदा घाटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ। मंगलबार तिलुवा चौक नजिकै पानी विनाको नालीमा अनिताको शव फेला परेको थियो।
प्रहरीले विनोदलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।