सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्टार्टअप वर्ल्डकप नेपालको विजेता बन्यो ट्याक्सीमाण्डु 

स्टार्टअप वर्ल्डकप नेपालको विजेता बन्यो ट्याक्सीमाण्डु 

अन्तर्राष्ट्रिय संस्था पिगासस टेक भेन्चरले ६० देशमा आयोजना गरिरहेको स्टार्टअप वर्ल्डकपमा नेपालका लागि ट्याक्सीमाण्डु सर्भिस प्रालि विजेता बनेको छ। 
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय संस्था पिगासस टेक भेन्चरले ६० देशमा आयोजना गरिरहेको स्टार्टअप वर्ल्डकपमा नेपालका लागि ट्याक्सीमाण्डु सर्भिस प्रालि विजेता बनेको छ। 

बुधबार नेपालका लागि पिगाससको सहयोगमा  वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत लिएको अडिसन्सबाट ट्याक्सीमाण्डु सर्भिस प्रालि विजेता बनेको हो।

स्टार्टअपलाई प्रोत्साहित गर्न आयोजित यो कार्यक्रमको प्रतिस्पर्धामा नेपालका उत्कृष्ट १० स्टार्टअपहरू सहभागी थिए। जसबाट नेपालका लागि ट्याक्सीमाण्डु सर्भिसका प्रबन्ध निर्देशक अर्जुन केसी विजयी बनेका हुन्।

योसँगै अब निर्देशक केसीले अमेरिकाको सान–फ्रान्सिस्कोमा हुने स्टार्टअप वर्ल्डकपमा सहभागिता जनाउने छन्। एक मिलियन अमेरिकी डलर धनराशिको पुरस्कार रहेको सो प्रतिस्पर्धामा ६० देशको सहभागिता रहने छ।

बुधबार जुमबाट सम्पन्न भएको स्टार्टअप वर्ल्डकप नेपालमा निर्देशक केसीले जेजिओ सुपर एप र मल्टी सुपर एपलाई प्रतिस्पर्धामा उतारेका थिए। स्टार्टअप वर्ल्डकप नेपालका विजेता बनेसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उक्लिएका निर्देशक केसीले नेपालबाट अन्तर्राष्ट्रिय प्रस्पिर्धामा सहभागी हुन पाउनु नेपालकै गौरवको विषय भएको बताएका छन्। 

प्रकाशित: May 20, 2021| 06:32 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्