आइतबार, वैशाख ७, २०८२

जन्मोत्सवको दिन पनि बन्द छ जानकी मन्दिरको ढोका

आज वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् जानकीको जन्मजयन्ती। अन्य वर्षहरुमा जानकी नवमी पर्व धुमधामका साथ मनाइए पनि यस वर्ष भने जनकपुरधाममा रौनक देखिएको छैन।
 |  बिहीबार, जेठ ६, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, जेठ ६, २०७८

vianetvianet

जनकपुरधाम– आज वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् जानकीको जन्मजयन्ती। अन्य वर्षहरुमा जानकी नवमी पर्व धुमधामका साथ मनाइए पनि यस वर्ष भने जनकपुरधाममा रौनक देखिएको छैन। पछिल्लो वर्र्ष समेत कोरोना भाइरसको संक्रमणकै कारण भव्यतापूर्वक मनाउन नसकिएको जानकी नवमी पर्व यस वर्ष पनि कोरोना भाइरसको संक्रमणकै कारण जानकी मन्दिर सुनसान देखिएको छ।  

triton college

जानकी जन्म महोत्सवको दिन समेत जानकी मन्दिरको मूलढोका बन्द छ। दैनिक हजारौँ श्रद्धालु आउने जानकी मन्दिरमा कोरोना संक्रमणको त्रासको प्रभावका कारण जानकी नवमीका दिन समेत सुनसान नै देखिएको छ। छिटफुट रुपमा मात्रै श्रद्धालु भक्तजन पूजा अराधना गर्न माता जानकीको मन्दिर पुगि रहेका छन्।
जानकी मन्दिरमा अन्य वर्ष आजको दिन विशेष पूजा अर्चना तथा नाचगान गरेर जन्मको गीत ‘सोहर’ गाएर मनाइने गरिन्थ्यो। यस वर्ष भने खल्लो खल्लो अनुभूति भइरहेको जानकी मन्दिरमा पूजा गर्नका लागि पुगेकी श्रद्धालु रिना साहले बताइन्।

आजको दिन समेत मन्दिर नआएर घरमै पूजा अराधना गर्नका लागि उत्तराधिकारी महन्थ रामरोशन दासले आग्रह गरेका छन्। मिथिला नरेश राजर्षि जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकीको जन्म भएको ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ।

‘कोरोनाको संक्रमण न्यून गर्नका लागि लगाइएको लकडाउन, भौतिक दूरी पालन गर्नुपर्ने बध्यताका कारण मन्दिरमा यस वर्ष नआउन श्रद्धालुलाई आग्रह गरेका हौँ,’ महन्थ दासले भने, ‘जानकी नवमीमा घरघरमा दियो बाली साँझ सात बजे आज आरतीका साथै दियो बालेर दिपावली मनाउन आग्रह गरेका छौँ।’

यस वर्ष पनि जानकी नवमीको अवसरमा मन्दिरमा हुने शोभायात्रा, गीत संगीत, नाचगान सबै कार्यक्रम कोरोनाकै कारण बन्द गरिएको छ। आज साँझ जानकी मन्दिरमा मिथिलाको परम्परा अनुसार विधिपूर्वक जानकी जन्म महोत्सव तथा पूजा गरिनेछ।

National life insurance

यसवर्ष जनकपुरधामको प्रसिद्ध धार्मिक स्थलहरु मध्ये एक रहेको बिहार कुण्ड समेत सुनसान नै देखिएको छ। बिहार कुण्ड माता जानकी बाल्य अवस्थामा आफ्नो साथीसँग खेल्ने स्थलको रुपमा रहेको धार्मिक मान्यता रहेको छ।

विहार कुण्डमा अन्य वर्षहरुमा धुमधामका साथ जानकी नवमी पर्व मनाइने गरिन्थ्यो। तर यस पटक कोरोनाका कारण निर्धारित कार्यक्रमहरु समेत रोक्नु परेको सिया रघुवर कुञ्जका महन्थ रामकिशोर दासले बताए। उनले भने ‘यस वर्ष माता जानकी जन्मको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गर्ने प्रबल ईच्छा थियो तर कोरोनाका कारण यस वर्ष पनि गर्न नपाउँदा मन खल्लो भएको छ।’

विहार कुण्डमा जम्मा ११वटा मन्दिरहरु रहेका छन्। सबै मन्दिरहरुमा जानकी जन्मको अवसरमा विशेष कार्यक्रमहरु हुने गथ्र्यो। तर ती सबै मन्दिरहरु यस पटक बन्द रहेका छन्।

जानकी जन्म कथा

माता सीता वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन पृथ्वीकै गर्भबाट जानकी माता वा सीता माता अवतरित भएकी थिइन वाल्मिकी रामायणमा उल्लेख छ।

शास्त्रहरुका अनुसार १२ बर्षसम्म मिथिला अनावृष्टिको चपेटमा परेको थियो। पृथ्वी पानीको एक थोपा सम्मका लागि चिच्याई रहेकी थिइन। जीवजन्तु, वृक्ष, मानव सबै पानी बिना मरनासन्न हुन लागेका थिए। यसै क्रममा मिथिलाका राजा शिरध्वज जनक जो आफै परम ज्ञानी थिए, ऋषिहरुको परामर्श लिएर हल चलाउने निर्णय गरे। उनले हलो चलाउँदै भारतको सीतामढीस्थित  पुनौरा सम्म पुगीसकेका थिए।

जनक हलो चलाउँदै पुनौरा सम्म जब पुगे, हलो पृथ्वीमुनी एउटा घैटोले ठोकियो। पृथ्वी मुनी रहेको सो घैटो निकाल्नेबित्तिकै एउटा दिव्य कन्या देखा परिन्। राजा जनक भूमिजालाई आफ्नो अंगालोमा राखे। हलोको सीतको सहारामा उत्पन्न भएकै कारण त्यो दिव्य कन्याको नाम राजा जनकले सीता नामाकरण गरे। राजा जनककी छोरी भएकै कारण उनलाई जनक नन्दनी, वैदेही, किशोरी, मैथिली, भूमिजा आदि नामले चिनिन थालियो। 

प्रकाशित: May 20, 2021| 06:14 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।