सोमबार, असोज १९, २०८३

ल्हासाबाट ३० टन अक्सिजन नेपाल ल्याइँदै 

तिब्बत सरकारको सहयोगमा ल्हासाबाट ३० मेट्रिक टन अक्सिजन नेपाल आउने भएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं - तिब्बत सरकारको सहयोगमा ल्हासाबाट ३० मेट्रिक टन अक्सिजन नेपाल आउने भएको छ। ल्हासास्थित नेपाली महावाणिज्य दूत नवलराज ढकालका अनुसार चीनको तिब्बत सरकारको सहयोगमा प्राप्त १५० सिलिण्डर लिक्वीड अक्सिजन नेपाल आउन लागेको हो। 

महावाणिज्य दूत ढकालका अनुसार बिहीबार ल्हासाबाट नेपालका लागि प्रस्थान गरेको उक्त अक्सिजन शुक्रबार राति खासा पुग्ने छ। अक्सिजनको उक्त परिमाणबाट ४० केजी क्षमताका ६ हजार अक्सिजन सिलिण्डर भर्न मिल्ने ढकालको भनाई छ। 

चीनको तिब्बत सरकारले स्थलमार्गबाट नेपाल भित्र्याउने कोभिड सम्बन्धित कार्गो बिना रोकावट पठाउन हर सम्भव प्रयास गर्ने चीनले प्रतिबद्धता गरेको ढकालले बताए। 

महावाणिज्य दूतावासले कार्गोको मुभमेन्ट निरन्तर ट्र्याकिङ् गरिरहेको र तिब्बत सरकारका सम्बन्धित पदाधिकारीसँग सघन सम्पर्कमा रहेको ढकालले जानकारी दिएका छन्।

प्रकाशित: May 20, 2021| 06:03 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्