बुधबार, भदौ १०, २०८३

संक्रमितलाई 'कोरोना कोशेली' बाढ्दै भेरीगंगा

सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमितलाई कोरोना कोशेली (अण्डा, मास्क, सेनिटाइजर) बाढ्न थालेको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

सुर्खेत - सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमितलाई कोरोना कोशेली (अण्डा, मास्क, सेनिटाइजर) बाढ्न थालेको छ। होमआइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहाराको कमी हुन नदिन र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गराउने उद्देश्यले कोरोना कोशेली बाढ्न थालेको हो।

जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरू संक्रमितको घरमा पुगेर कोरोना कोशेली वितरण गर्ने र स्वास्थ्य अवस्था बुझ्ने गरेको नगरउपप्रमुख रेणु आचार्यले बताइन्। ‘संक्रमितको आत्मबल बढाउन र स्वास्थ्य अवस्था बुझ्न कोशेली लिएर जान्छौं,’ उनले भनिन्, ‘हाम्रो अभियानले संक्रमितलाई कोरोना जित्न र  संक्रमण थप फैलिन नदिन सहयोग पुर्‍याउँछ।’ होमआइसोलेसनमा बसेका सबैलाई आवश्यक स्वास्थ्य मापदण्ड पालना गराउन सकेमात्रै संक्रमण फैलिनबाट बच्ने नगरपालिकाको अपेक्षा छ।

अभियानमा सहभागी जनप्रतिनिधिहरुले संक्रमितलाई रोगसँग लड्न हौसल्लाह दिने र स्वास्थ्यकर्मीले सुरक्षा सावधानी अपनाउने सिकाउने र कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका नागरिकको स्वास्थ्य परीक्षणसमेत गर्दै आएका छन्। हप्तादिनदेखि यो अभियान भेरीगंगा वडा नम्बर  ६, ७, ८ र ९ वडामा जारी छ। 

ती वडामा संक्रमित संख्या उच्च छ। नगरपालिकाभर हाल ९९ जना संक्रिय संक्रमित होम आइसोलेसनमा छन्।

यस्तै नगरपालिकाले अस्पतालमा भर्ना भएका संक्रमितलाई नगद ५ हजार रुपैयाँ दिने गरेको छ। अस्पतालमा संक्रमितलाई पोष्टिक आहारा खानका लागि सहयोग मिलोस भन्ने उद्देश्यले नगर रकम उपलब्ध गराउने गरेको हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले एक करोडको कोरोना कोष स्थापना गरेको छ। 

प्रकाशित: May 20, 2021| 05:43 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।