काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपीशर्मा ओलीले दिउँसो २ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएका हुन्।
नेकपा एमाले कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कोरोना महामारीको रोकथाम नियन्त्रण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।