बुधबार, भदौ १०, २०८३

गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन

गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ। बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका थिए।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

गण्डकी - गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ। बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका थिए।

किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले विना विभागीय मन्त्रीका रूपमा सपथ ग्रहण गराएका थिए। तत्पश्चात् गरिएको कार्यविभाजन अनुसार मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन्।

मन्त्री किरण गुरुङलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको थप जिम्मेवारी दिइएको छ भने रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा जलस्रोत तथा खानेपानी, कानून सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ। 

नरदेवी पुनलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। रासस

प्रकाशित: May 20, 2021| 04:21 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।