बुधबार, भदौ १०, २०८३

बागमती राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु 

बागमती प्रदेश राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान सुरु भएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं - बागमती प्रदेश राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान सुरु भएको छ। 

नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलको रिक्त स्थानमा आज मतदान भइरहेको हो। 

माओवादी केन्द्रले उनलाई कारबाही गरेपछि सो स्थान रिक्त भएको थियो। 

राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि एमालेका तर्फबाट रामबहादुर थापा, संयुक्त प्यालनबाट खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन्। एमालेले बादललाई नै उम्मेदवार बनाएको हो। 

हेटौंडाको भुटनदेवी माविमा जारी मतदानका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ।

प्रकाशित: May 20, 2021| 04:07 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।