काठमाडौं - वागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार बिहान ९ देखि मतदान शुरू भएको छ।
मतदान सुरु भएसँगै नेकपा एमालेका उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापा मतदान स्थल भुटनदेवी मावि हेटौंडा पुगेका छन्।
उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्।
निर्वाचन आयोगका अनुसार मतदानका लागि समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ।
भुटनदवी माविमा प्रदेश सभा सदस्यका लागि (क), अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुखका लागि (ख) र कोभिड–१९ संक्रमितका लागि (ग) गरी तीन वटा मतदान केन्द्र तोकेको छ।
निर्वाचनमा एमाले भर्सेस एमाले उम्मेद्वारबीच प्रतिस्पर्धा हुनेछ। निर्वाचनमा एमालेबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल उमेदवार रहेका छन्।