जनकपुरधाम - नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं धनुषाका सहइन्चार्ज योगनारायण यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
मिर्गौला रोगबाट पीडित रहेका धनुषा सबैला निवासी नेता यादवको बिहीबार बिहान उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो।
५७ वर्षीय नेता यादवलाइ १५ दिन पहिले कोरोना संक्रमण पुष्टि भएको थियो। एमाले नेता रामचन्द्र मण्डलका अनुसार संक्रमण पुष्टि भएपछि उनलाई वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको र त्यहा स्वास्थमा सुधार नआएपछि मेडिसिटीमा भर्ना गरिएको थियो।
मेडिसिटीमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। उनी हप्तामा दुई दिन डायलाइशिस गराउँदै आएका थिए। उनको मिर्गौला प्रत्यारोपणको तयारीसमेत भइरहेको थियो। उनी पूर्व सांसद पनि हुन्।