काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
प्रचण्डले कोरोना भाइरस(कोभिड१९) संक्रमण रोकथाम र नियन्त्रणका विषयमा बुधबार विज्ञ एवम् चिकित्सहरूसँग परामर्श गरेका थिए।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले छलफलका क्रममा आएका सल्लाह एवं सुझाव सहित पार्टीले आज बस्ने स्थायी समितिको वैठकबाट विभिन्न योजनाहरु र कार्यक्रमहरू निर्णय गरि घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराएकी छन्।
बैठकले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि पार्टी पंक्तिबाट गर्नुपर्ने आवश्यक कार्यक्रम तय गरेर तल्लो कमिटीसम्म लागू गर्ने तयारी गरेको छ।