काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ।
दुई हप्ता अगाडि कोरोना संक्रमण भएपछि उनलाई नेपाल प्रहरी अस्पताल लगिएको थियो। केसीको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको बताइएको छ।
उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी बासिन्दा हुन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने प्रहरी स्रोतले जनाएको छ।