बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री भेट्न देउवाले मागे समय, कोरोना नियन्त्रणमा ध्यानाकर्षण गराइने

प्रधानमन्त्री भेट्न देउवाले मागे समय, कोरोना नियन्त्रणमा ध्यानाकर्षण गराइने

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि समय मागेका छन्। देउवा र ओलीबीच बिहीबार बिहान ९ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ। 
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि समय मागेका छन्। देउवा र ओलीबीच बिहीबार बिहान ९ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ। 

कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका विषयमा सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। भेटमा कांग्रेसकातर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. महतलगायतका नेतासमेत सहभागी हुनेछन्। 

बुधबार बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको ध्यानाकर्षण गराउने र त्यसका लागि राज्यको सबै स्रोत, साधन र शक्ति खर्च गर्नुपर्ने माग गरेको छ। 

यस्तै, कांग्रेसले आइतबार, सोमबार र मंगलबार सातै प्रदेशमा कोभिड–१९ को संक्रमणको अवस्थाबारे पार्टीभित्र छलफल चलाएको थियो। सो छलफलको निष्कर्षसहित महामारी नियन्त्रणमा गर्नुपर्ने कार्यहरूबारे सरकारको ध्यानाकर्षण गराइने सहमहामन्त्री डा. महतले बताए।

प्रकाशित: May 20, 2021| 01:56 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।