बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमतीमा राष्ट्रिय सभा उपनिर्वाचन, एमाले भर्सेस एमाले मैदानमा

बागमतीमा राष्ट्रिय सभा उपनिर्वाचन, एमाले भर्सेस एमाले मैदानमा

वागमती प्रदेशअन्तर्गत राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उपनिर्वाचन हुँदैछ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं- बागमती प्रदेशअन्तर्गत राष्ट्रिय सभामा रिक्त एक पदका लागि बिहीबार (आज) उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्। 

निर्वाचन आयोगका अनुसार मतदानका लागि समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ। निर्वाचनका लागि तीनवटा केन्द्र तोकिएका छन्। 

भुटनदवी माविमा प्रदेश सभा सदस्यका लागि (क), अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुखका लागि (ख) र कोभिड–१९ संक्रमितका लागि (ग) गरी तीन वटा मतदान केन्द्र तोकेको छ। 

निर्वाचनमा एमाले भर्सेस एमाले उम्मेद्वारबीच प्रतिस्पर्धा हुनेछ। निर्वाचनमा एमालेबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल उमेदवार रहेका छन्।

त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र खनाल-नेपाल समूहबाट एमालेकै डा. खिमलाल देवकोटा उम्मेदवार छन्।

प्रकाशित: May 20, 2021| 01:20 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।