सोमबार, जेठ ४, २०८३

कोरोना महामारीमा तनावबाट कसरी जोगिने?

कोरोनाका कारण मानिसमा तनाव निकै बढेको छ। डाक्टर, बाहिर गएर काम गर्ने मानिस, घरमै पनि, बालबालिका सबै अचेल कोरोनाका कारण चिन्तित बनेका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

कोरोनाका कारण मानिसमा तनाव निकै बढेको छ। डाक्टर, बाहिर गएर काम गर्ने मानिस, घरमै पनि, बालबालिका सबै अचेल कोरोनाका कारण चिन्तित बनेका छन्।

National life

सबैका लागि जीवन कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ। महामारी दिनहुँ बढ्दो छ। मृतक संख्या पनि बढ्दै गइरहेको छ। यसले मानिसमा झनै तनाव पैदा गरिरहेको छ।

तनाव समस्याको समाधान होइन। यसले मानिसलाई झनै कमजोर बनाउँछ। त्यसैले सधै तनाव रहित जीवन जिउन खोज्नुपर्छ।

हामीले यस्तो समयको परिकल्पना कहिले गरेका थिएनौं। बाहिर निस्किन र मानिसलाई भेट्न नै डराउन पर्ने समय आएको छ। यस्तो बेला उच्च स्वास्थ्य सावधानी अपनाउनु नै वुद्धिमानी हो।

चिकित्सकहरूका अनुसार कोरोनाको लक्षण ज्वरो आउने, टाउको दुख्ने, रुघा लाग्ने हुनसक्छ। यसका साथै अहिले दोस्रो भेरिएन्ट फैला अक्सिजन लेव घट्ने प्रमुख लक्ष्यण बनेको छ। त्यसैले ज्वरो आयो, टाउको दुख्यो या रुघा लाग्यो भने आत्तिनु हुँदैन। यस्तो समस्या अन्य कुनै कारणले पनि भएको हुनसक्छ।

धेरै मानिसले घरमै १४ दिनमा संक्रमण जितिरहेका छन्। चिकित्सकका अनुसार उच्च मनोबल राखे कोरोनालाई सहजै जित्नसकिन्छ। पहिलो दिनबाट नै मनोबल खस्किँदै गयो भने स्वस्थ रहन झनै समस्या हुनसक्छ।

कोरोना भएर तनाव भइरहेको छ भने यसबाट हुने जोखिम सम्बन्धि सही जानकारी लिनुपर्छ। मृत्यु भएका वा संक्रमण भएका समाचारमा मात्रै ध्यान दिनु हुँदैन। अन्य मनोबल बढ्नेखालका समाचार पनि हेर्नुपर्छ। करिव ८० प्रतिशत मानिसले कोरोनालाई घरमै जितिरहेका छन्। मृत्युदर निकै कम छ। गम्भीर प्रतिशत पनि धेरै छैन।

त्यसैले आफ्नो मनोबल नै उच्च राख्ने हो। सकरात्मकता नै जीवनको सबै भन्दा ठूलो साथि हो। हामीले सकरात्मक समाचार हेर्‍यो। आफूलाई कुनै न कुनै रुपमा व्यस्त राख्न खोजिरह्यौं। परीवारका सदस्यसँग रमाइलो गर्‍यो भने हामी तनाव मुक्त हुन्छौं। अत्याधिक समय सामाजिक सञ्जालमा खर्चिने र चिन्ताजनक खबर मात्रै हेर्‍यौ भने त्यसले हाम्रो मनोबल खस्काउँछ।

यस्ता कुराले तनाव बढे हामीले डिप्रेसनको नै औषधि चलाउन पर्ने हुनसक्छ। त्यसैले धेरै चिन्ता लिनु स्वास्थ्यका लागि हानिकारक भएको जनस्वास्थ्य विद्हरूले बताउँदै आएका छन्।

प्रकाशित: May 20, 2021| 00:52 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्