बुधबार, भदौ १०, २०८३

सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। 

कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको हो।

बैठकले मुलुकभरका अस्पतालमा आवश्यक मात्रामा शय्या, अक्सिजन, सघन उपचार कक्ष शय्या र भेन्टिलेटरको व्यवस्थापन गर्न तथा सबैलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।  

कांग्रेसले कोरोनाको उपचारमा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा कोरोनाविरुद्धको खोप सहयोग गर्ने विदेश, अन्तरराष्ट्रिय संघसंस्था र सहयोगीलाई धन्यवाद दिँदै थप सहयोगका लागि आह्वान गरेको छ।

बैठकले कोरोना उपचार र नियन्त्रणको व्यवस्थापनमा स्थानीय तहले गरेको कामको सराहना गर्दै प्रदेश र संघीय सरकारलाई स्थानीय तहलाई थप अनुदानको व्यवस्था गर्न माग गरेको उनले बताए। बैठकले कोरोनाको उपचार र नियन्त्रण तथा व्यवस्थापनका क्रममा अग्रपंक्तिमा रहेर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा धन्यवाद दिँदै उच्च मनोबल बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेसले कोरोना रोकथामका लागि लागू गरिएको निषेध आदेशका कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुर, रोजगारी गुमाएका व्यक्ति र मारमा परेका व्यवसायीलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक खाणले जानकारी दिए।

बैठकले बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनका पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वक्तव्य सार्वजनिक गर्दै मत मागेको विषयमा आपत्ति जनाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। कांग्रेसले बिहीबार सभापति शेरबहादुर देउवाका नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्नका लागि ध्यानाकर्षण गराउने भएको छ।

प्रकाशित: May 19, 2021| 15:07 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।