काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका विषयमा विज्ञ एवम् चिकित्सहरुसँग परामर्श गरेका छन्।
दाहालकी स्वकीय सचिव गंगा दाहालले छलफलका क्रममा आएका सल्लाह एवं सुझावसहित पार्टीले भोलि बिहीबार बस्ने स्थायी समितिको वैठकबाट विभिन्न योजनाहरु र कार्यक्रमहरु निर्णय गरी घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराएकी छन्।
माओवादी केन्द्रले भोलि बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ। बैठकले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि पार्टी पंक्तिबाट गर्नुपर्ने आवश्यक कार्यक्रम तय गरेर तल्लो कमिटीसम्म लागू गर्ने तयारी गरेको छ।