बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आचारसंहिता उल्लंघन गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्न दाहालको माग

आचारसंहिता उल्लंघन गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्न दाहालको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन्। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन्। 

दाहालको निजी सचिवालयका तर्फबाट उनका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत् अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उल्लंघन भएको उल्लेख छ।

‘यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ। 

राष्ट्रियसभा उपनिर्वाचनमा बागमती प्रदेशका एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई प्रधानमन्त्रीले ओलीले आग्रह गरेका थिए।

‘स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो। यसविपरीत सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ’, विज्ञप्तिमा भनिएको छ। 

निर्वाचन आयोग, राजनीतिक पार्टीहरु, निर्वाचन पर्यवेक्षकहरु, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको निम्ति एकजुट हुन दाहालले अपिलसमेत गरेका छन्।

प्रकाशित: May 19, 2021| 14:18 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।