बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘भेरोसेलको दोस्रो मात्रा लगाउनुपर्नेले जिल्ला स्वास्थ्य कार्यालयमा विवरण टिपाउनु’

‘भेरोसेलको दोस्रो मात्रा लगाउनुपर्नेले जिल्ला स्वास्थ्य कार्यालयमा विवरण टिपाउनु’

कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनुपर्नेहरुलाई विवरण टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्न आग्रह गरेको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं- कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनुपर्नेहरुलाई विवरण टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्न आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै पहिलो मात्रा लगाएका व्यक्तिहरु खोप लगाएको ठाउँभन्दा अन्य स्थानमा भएकाले जिल्ला स्वास्थ्य कार्यालयमा विवरण टिपाउन आग्रह गरेको हो। 

निषेध आदेशका कारण खोप लगाउन आवतजावत गर्न सम्भव नभएकाले भेरोसेलको दोस्रो मात्रा लगाउनुपर्ने व्यक्तिहरुले स्थानीय तहका स्वास्थ्य संयोजकहरुमार्फत् जिल्ला स्वास्थ्य कार्यालयहरुमा विवरण टिपाउन भनिएको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘भेरोसेलको दोस्रो मात्रा लगाउनेहरुको लगत तयार भएपछि यथाशीघ्र प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने भएकाले यस्ता व्यक्तिहरुलाई सवारीसाधन पास बनाएर आवतजावतको व्यवस्था गरिदिन सम्बन्धित प्रशासन कार्यालयहरुमा अनुरोध छ।’

प्रकाशित: May 19, 2021| 13:50 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।