बुधबार, चैत ११, २०८२

विश्वकपको मुखमा मेसीले गरे संन्यासको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- विश्वकप फुटवलको मुखैमा आएर अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् । उनले विश्वकप सकिए लगतै आफू अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने घोषणा गरेका हुन् । 

उनले विश्वकपमा जस्तो नतिजा आएपनि संन्यास लिन नरोकिने स्पष्ट पारेका छन् ।  यसपटक भने आफूले साँच्चिकै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिन चाहेको मेसीले बताएका छन् । 

'मेरो निर्णय विश्वकप पछि नै आउने छ, तर विश्वकपमा कस्तो किसिमको प्रदर्शन हुन्छ, त्यसमा मेरो फुटबलको फैसला हुनेछ,' मस्कोमा विश्वकपका लागि अभ्यास गरिरहेका मेसीले एक समाचार एजेन्सीसँग भने ।

यसअघि कोपा अमेरिका फुटबलको फाइनलमा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका थिए । अर्जेन्टिनाका राष्ट्रपतिलगायत करोडौं फुटबलप्रेमीको आग्रहमा मेसीले आफ्नो संन्यास फिर्ता लिएका थिए ।  

पछिल्ला चार वर्षमा अर्जेन्टिना तीन ठूला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो। तर अर्जेन्टिनाले कुनै एकमा पनि जित निकाल्न सकेको छैन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।