बुधबार, भदौ १०, २०८३

रेमडेसिभिर अब नेपालमै उत्पादन हुने

कोरोना संक्रमितका लागि प्रयोग हुँदै आइरहेको ‘रेमडेसिभिर’ औषधि अब नेपालमै उत्पादन हुने भएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं- कोरोना संक्रमितका लागि प्रयोग हुँदै आइरहेको ‘रेमडेसिभिर’ औषधि अब नेपालमै उत्पादन हुने भएको छ।

नेशनल हेल्थ केयर प्रालिले उत्पादनको अनुमति पाएको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए। उनका अनुसार आज मात्रै औषधि व्यवस्था विभागले उत्पादनका लागि अनुमति दिएको हो। यसअघि नै नेपालमा नै रेमडेसिभिरको परीक्षण पास भइसकेकाले अबको एक महिनाभित्रमा उत्पादन सुरु गर्ने उनले बताए। 

अधिकारीले नेपालसमयसँग भने, ‘रेमडेसिभिरको परीक्षण सफल भइसकेको छ, अब एक महिनाभित्र उत्पादन सुरु गर्नेछौँ, उत्पादनका लागि कच्चा पदार्थ भने चीनबाट ल्याइनेछ।’ उत्पादनको लागि अनुमति पाए पनि बिक्रिको लागि अनुमति लिनुपर्ने उनले बताए।

वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेमडेसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ। अन्य देशबाट ल्याइएको ‘रेमडेसिभिर’ सरकारले ४ हजार ९ सयमा वितरण गर्न भनेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने कोरोना संक्रमितको उपचारमा यो औषधि प्रभावकारी नदेखिएको बताइसकेको छ।

प्रकाशित: May 19, 2021| 13:22 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।