बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सामाग्रीका लागि पूर्वमन्त्री भण्डारीको १,०१,१११ रुपैयाँ सहयोग

स्वास्थ्य सामाग्रीका लागि पूर्वमन्त्री भण्डारीको १,०१,१११ रुपैयाँ सहयोग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गर्ने भएका छन्।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गर्ने भएका छन्।

पूर्वमन्त्री भण्डारीले नेपाली कांग्रेस तनहुँमार्फत् १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने भएका हुन्। नेपाली कांग्रेस व्यास नगर समितिका सह-सचिव डम्बर अधिकारीले जानकारी दिएअनुसार उक्त रकम भोलि नेपाली कांग्रेस तनहुँलाई हस्तान्तरण गरिने छ।

पूर्वमन्त्री भण्डारीले सहयोग प्रदान गरेको रकममार्फत् नेपाली कांग्रेस तनहुँले जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन कक्षमा स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यवाहक सभापति जितप्रकाश आलेले बताएका छन्।

पूर्वमन्त्री भण्डारीले पार्टीमार्फत् सहयोग प्रदान गरेकोमा कार्यवाहक सभापति आलेले धन्यवाद ज्ञापन गरेका छन्। पूर्वमन्त्री भण्डारीसहित परिवारका सदस्य केही दिनअगाडि कोरोनाको संक्रमणमुक्त भएका थिए।

प्रकाशित: May 19, 2021| 13:13 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।