सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित, यथाशक्य चलायमान बनाउन सुझाव

सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित, यथाशक्य चलायमान बनाउन सुझाव

कोभिड–१९ को महामारीले प्रभावित भई सुधार हुन थालेको उद्योग, व्यापार व्यवसाय कोभिडको दोस्रो लहर र निषेध आदेशका कारण पुनः प्रभावित भएको छ। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– कोभिड–१९ को महामारीले प्रभावित भई सुधार हुन थालेको उद्योग, व्यापार व्यवसाय कोभिडको दोस्रो लहर र निषेध आदेशका कारण पुनः प्रभावित भएको छ। 

नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी फलोअप सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन थालेकाले संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलयामान बनाउन सुझाव दिएको छ। 

राष्ट्र बैंकले गत वर्ष लकडाउन २०७७ असार र मंसिरको सर्वेक्षणमा प्रतिवेदनका आधारमा ती व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ वैशाख ५ देखि १४ गतेसम्म पुनरावृत्ति सर्वेक्षण गरेको थियो। 

सर्वेक्षणमा २०७८ वैशाखमा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोबारमा उल्लेख्य सुधार आएपनि वैशाख १६ गतेदेखि पुनः निषेध आदेश जारी भएकाले अर्थतन्त्र पुनः प्रभावित हुने औल्याएको छ।

‘दोस्रो फलोअप सर्वेक्षण गरिसक्दा कोरोनाको दोस्रो लहरका कारण अधिकांश जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले अर्थतन्त्र पुनः प्रभावित हुने अवस्था आएको छ। कोभिड–१९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलयामान बनाउन आवश्यक छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ। 

राष्ट्र बैंकले २०७८ वैशाख ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत् सर्वेक्षणमा ०७७ असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत अर्थात् ५६२ जना उद्योगीव्यवसायीहरुले सहभागिता जनाएका छन्। कोभिड महामारीपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग व्यवसायहरु पूर्णरुपमा सञ्चालनमा रहेकोमा २०७८ वैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको छ। 
 

प्रकाशित: May 19, 2021| 12:53 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्