बुधबार, भदौ १०, २०८३

दाउन्ने दुुर्घटनाका मृतक चारै जनाको खनाखत 

पश्चिम नवलपरासीको दाउन्नेमा पूूर्व पश्चिम राजमार्गबाट बस खसेर भएको दुर्घटनामा परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

बुटवल– पश्चिम नवलपरासीको दाउन्नेमा पूूर्व पश्चिम राजमार्गबाट बस खसेर भएको दुर्घटनामा परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

काठमाडौबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवाहक बस बुधबार बिहान दाउन्नेको खुर्सानी खोलाबाट सडकदेखि डेढ सय मिटर तल खस्दा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका निवासी २७ वर्षिय कल्पना पुन, बाँफीकोट गाँउपालिका ५ कि ३५ वर्षिय देवि केसी, मुसिकोट नगरपालीका १ का २१ वर्षिय गोपाल ओली र रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का ३६ वर्षका धनराज घर्ति छन् । 

दुर्घटनामा ४९ जना घाईते भएका छन् । जसमध्ये दुई जना गम्भिर घाईतेको बुटवलमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए । बसमा ५८ जना यात्रु सवार थिए । सवारमध्ये ५ जना हाम फालेर बसमै च्यापिएका थिए । उनीहरुको सकुशल उद्धार गरिएको थियो । 
 

प्रकाशित: May 19, 2021| 12:45 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।