बुधबार, भदौ १०, २०८३

१५ हजारको अक्सिजन सिलिन्डर ४१ हजारमा बेच्ने  समातिए

अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका(१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

ललितपुर– अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका(१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका १५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका ३ घर भएका ३९ व र्षीय रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका १२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ६ घर भएका ४२ वर्षीय नबराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका २ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका (२ घर भएका ४२ वर्षीय राम शरण अधिकारी रहेका छन् ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको कारण बिमारी भई अस्पतालमा उपचाररत रहेको विरामीहरूको लागि अक्सिजन सिलिन्डर अभाव भैरहेको सन्दर्भमा ललितपुर जिल्लामा समेत अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा सिलिन्डर बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुले बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्य भन्दा बढी लिई प्रति सिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो। साथै उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर १ थान, सोही सिलिन्डर विक्री गर्दै गरेको नगद ४१ हजार रुपैयाँ र ४ थान रसिद समेत प्रहरीले बरामद गरेको छ । 

उनीहरु उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 
 

प्रकाशित: May 19, 2021| 12:29 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।