बुधबार, भदौ १०, २०८३

आईसीयू र भेन्टिलेटरमा १९ सय ८० जना संक्रमित

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसियु तथा भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसियु तथा भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबार झण्डै २ हजार कोरोना संक्रमित गम्भिर अवस्थामा उपचाररत छन्। आज १ हजार ६१८ आइसियु र ३८१ जना भेन्टिलेटरमा गरी १ हजार ९८० जना बिरामी उपचाररत छन्। 

जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा ८०१ आइसियुमा र २३५ जना भेन्टिलेटरमा छन्। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा २०८ आइसियुमा र २६ जना भेन्टिलेटरमा, प्रदेश २ मा २१२ आइसियुमा र ५५ जना भेन्टिलेटरमा छन्। 

गण्डकी प्रदेशमा १३३  जना आइसियुमा र ३४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५३  जना आइसियुमा र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ६८ जना आइसियुमा र ८ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ४३ जना आइसियुमा र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: May 19, 2021| 12:21 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।