काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छन्।
अस्पतालका तर्फबाट डा राजेश शाहले उक्त सामग्रीहरु ग्रहण गरेका थिए। उनले चेम्बरबाट विगतमा पनि यस्तै सामग्रीहरु प्राप्त भएको स्मरण गर्दै चेम्बरलाई धन्यवाद ज्ञापन गरे।
साथसाथै चेम्बरका अध्यक्ष मल्लले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई पनि स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरे।
त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्राडा योगेन्द्रमान शाक्यले सामग्री ग्रहण गरेका थिए।
अध्यक्ष मल्लले राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टर गोंगबुको लागि पनि स्वास्थ्यसम्बन्धी सामग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा क्याप्टेन मुक्तिनाथ शाखीलाई हस्तान्तरण गरेका छन्।
हस्तान्तरण गरिएका सामग्रीहरुमा पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, सेनिटाइजर तथा सिटामोल छन्।