बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार महासंघ एसोसिएट प्रदेशलाई पौडेलको एक लाख सहयोग

पत्रकार महासंघ एसोसिएट प्रदेशलाई पौडेलको एक लाख सहयोग

कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो सा’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो सा’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।

हाल अमेरिकामा रहेका पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेले एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरे।

कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड १९ को संक्रमणका परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगका लागि हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे। उनले उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताए।

कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र तिम्रो मेरो साथ को छायांकन सिध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय छन्। उनले यसअघि रुद्रप्रिया, राज्जा रानीलगायतका चलचित्र निर्माण गरिसकेका छन्। पेसाले सञ्चार उद्यमी पनि हुन् पौडेल।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा विभिन्न विधामा सक्रिय १२ वटा संगठन आवद्ध छन्।
 

प्रकाशित: May 19, 2021| 11:31 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।