बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्नी हत्याको आरोपमा पतिसहित परिवारका चार जना पक्राउ

पत्नी हत्याको आरोपमा पतिसहित परिवारका चार जना पक्राउ

मोरङको रंगेलीमा महिला हत्या आरोपमा प्रहरीले उनका पतिसहित ४ जनालाई बुधबार नियन्त्रणमा लिएको छ। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

विराटनगर– मोरङको रंगेलीमा महिला हत्या आरोपमा प्रहरीले उनका पतिसहित ४ जनालाई बुधबार नियन्त्रणमा लिएको छ। 

२४ वर्षीया अनिता यादवको हत्या परिवारकै संलग्नतामा भएको आशंका देखिएकाले अनुसन्धानका लागि मृतकका पति ४५ वर्षीय वेचन यादव, ५० वर्षिया सासु विजुली यादव, ६५ वर्षीया ससुरा रामु यादव र १९ वर्षीय देवर विनोद यादवलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए। एसपी खड्काले परिवारका ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए। 

रंगेली ३ नहर खण्डमा यादवको हत्या गरी फालिएको अवस्थामा बुधबार विहान शव फेला परेको थियो। घटनास्थल घरबाट २ किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: May 19, 2021| 11:21 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।