बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा कारण देखाउ आदेश जारी गरेको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– सर्वोच्च अदालतले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। अधिवक्ता डा. पूण्यप्रसाद खतिवडासमेत निवेदकले राष्ट्रपतिको कार्यालय, शितलनिवास, काठमाडौंसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। 

आदेशमा विपक्षीलाई अदालतले यसमा के कसो भएको हो, निवेदकको माग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो, माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सवुद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटाका म्यादवाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखितजवाफ पेश गर्न भनिएको छ।

गएको वैशाख २१ गते राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ तत्कालै कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ भन्ने निवेदन पेश भएकोमा तत्कालै अन्तरिम आदेश दिन भने अदालतले अस्वीकार गरेको छ। उक्त आदेश जारी हुने–नहुने सम्बन्धमा दुवै पक्ष राखी छलफल गराउन उपयुक्त हुने देखिएकोले यही जेठ १७ गते छलफलको लागि पेशी तारेख तोकिएको छ।

प्रकाशित: May 19, 2021| 11:09 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।