बुधबार, भदौ १०, २०८३

कांग्रेस र माओवादी आन्तरिक छलफलमा जुटे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी नेकपा माओवादी केन्द्र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न जुटेका छन्। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी नेकपा माओवादी केन्द्र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न जुटेका छन्। 

कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसिरहेको छ भने माओवादी स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ। 

बागमती प्रदेशको तर्फबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्य पदका लागि भोलि बिहीबार उपनिर्वाचन हुँदैछ भने प्रतिनिधिसभामा विश्वासको मत गुमाएर ३१ वैशाखमा पुनः नियुक्ति भएका प्रधानमन्त्री केपी ओलीले एक महिनाभित्र विश्वासको मत लिनु पर्नेछ। 

दुई पार्टीको बैठक मूलतः यही विषयमा केन्द्रित हुने बताइएको छ।

प्रकाशित: May 19, 2021| 11:02 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।