बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले बादलका लागि भोट मागेपछि निर्वाचन आयोगको ध्यानाकर्षण

प्रधानमन्त्रीले बादलका लागि भोट मागेपछि निर्वाचन आयोगको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्य पदका लागि भोलि बिहीबार हुन लागेको उपनिर्वाचनका उम्मेदवारको पक्षमा मत माग्नेलगायत प्रचारप्रसारका काम गर्न नमिल्ने निर्वाचन आयोगले बताएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– राष्ट्रियसभा सदस्य पदका लागि भोलि बिहीबार हुन लागेको उपनिर्वाचनका उम्मेदवारको पक्षमा मत माग्नेलगायत प्रचारप्रसारका काम गर्न नमिल्ने निर्वाचन आयोगले बताएको छ।

जेठ ३ गते राति १२ बजेदेखि नै मौन अवधि सुरू भएकोले यसबीचमा मत माग्ने गरी उम्मेदवारको प्रचारप्रसारका साथै समाचार प्रकाशन–प्रशारण गर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ। आजमात्रै प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापाका पक्षमा मत दिन अपिल जारी गरेका थिए।

प्रधानमन्त्रीको अपिलपछि आयोगले मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने बताएको हो। ‘यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै पनि समाचार वा सूचना प्रकाशन वा प्रशारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न गराउन सम्वद्ध सबैसँग आयोगले अनुरोध गरेको छ,’ आयोगले भनेको छ।

प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रशारण गर्ने र केही सञ्चारमाध्यमहरूले उम्मेदवारको जितहारको पूर्वानुमानका सामग्री प्रसार गर्ने तथा अन्तर्वार्ता लिने गतिविधि देखिएकोले ध्यानाकर्षण भएको आयोगले बताएको छ। आचार संहिताविपरीत काम गरे कारवाही गर्न सकिने चेतावनी पनि आयोगले दिएको छ।

बिहीबार बागमती प्रदेशमा अन्यतर्फ रिक्त एक पदका लागि राष्ट्रियसभा उपनिर्वाचन हुँदैछ। बिहान ९ देखि ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ। उपनिर्वाचनमा ३४८ जना मतदाता छन्। ११० प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ ले मत दिन पाउँछन्।

प्रकाशित: May 19, 2021| 10:07 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।