सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहेको परिस्थिलिलाई मध्य नजर गर्दै कम्पनीले हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ति सामग्री प्रदान गरेको हो।

कम्पनीले १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजनसहित ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटर अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ।अक्सिजन सिलिण्डर, मेडिकल बेड, सीसीयू बेड मोनिटर इक्यूप्मेन्ट समेतको यी स्वास्थ्य सामग्रीबाट यस क्षेत्रका कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकलाई स्वास्थ्य उपचार गर्न सहयोग पुग्ने छ भन्ने आशा एवं विश्वास लिएको कम्पनीले जनाएको छ। 
 

प्रकाशित: May 19, 2021| 08:29 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्