काठमाडौं– एनसेलले कोभिड–१९ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।
एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याइएको हो। कोरोना भाइरस सम्बन्धी कुनै पनि जिज्ञासा भए चौबीसै घण्टा सञ्चालनमा रहेको एनसेल कोभिड–१९ हटलाइन सेवा रहेको जनाइएको छ।
कुनै पनि समस्या भएमा ९८०५५५४५०० मा स्वास्थ्य परामर्शका लागि फोन गर्न सकिनेछ। एनसेलले व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालनमा ल्याएको यस हटलाइन सेवाले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई पनि दैनिक निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिने भएको छ।