काठमाडौं– काठमाडौं महानगरपालिकाले आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नगर्ने भएको छ।
नगरस्तरीय परीक्षा समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट चालीस प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट चालीस प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिबाट बीस प्रतिशत मूल्यांकन गर्न विद्यालयहरुलाई निर्देशन दिएकाे छ। विद्यालयले नतिजा जेठ २५ सम्ममा तयार पार्नुपर्नेछ।
