सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले दियाे पौने १७ करोडकाे सहमति

अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले दियाे पौने १७ करोडकाे सहमति

अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले पौने १७ करोड रूपैयाँको सहमति प्रदान गरेकाे छ। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं - अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले पौने १७ करोड रूपैयाँको सहमति प्रदान गरेकाे छ। 

अर्थ मन्त्रालयले विभिन्न १२ वटा अस्पतालमा अक्सिजन पाइपलाइन विस्तार तथा प्लान्ट स्थापनाका लागि १६ करोड ८० लाख रूपैयाँको सहमति प्रदान गरेकाे हो।

अर्थ मन्त्रालयका अनुसार तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तारका लागि ३० लाख रूपैयाँ उपलब्ध गराउन सहमति दिइएको छ।

त्यस्तै स्याङ्जा जिल्ला अस्पताल, बैतडी जिल्ला अस्पताल, डोटी जिल्ला अस्पताल, अर्घाखाँची जिल्ला अस्पताललाई प्लान्ट स्थापनाका लागि एक करोड ५० लाख रूपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले सहमति दिएको छ।

त्यसैगरी पी चन्द्र अस्पताल नवलपरासी, तौलिहवा अस्पताल कपिलवस्तु, पाल्पा जिल्ला अस्पताल, बर्दिया जिल्ला अस्पताल, प्रादेशिक अस्पताल तुलसीपुर दाङ, प्यूठान जिल्ला अस्पताल र तेह्रथुम जिल्ला अस्पताललाई एक करोड ५० लाख रूपैयाँ गरी कुल १६ करोड ८० लाख रूपैयाँ उपलब्ध गराउन सहमति दिइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
 

प्रकाशित: May 19, 2021| 07:44 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्