काठमाडौं - राष्ट्रिय भूकम्प मापन केन्द्रले लमजुङमा फेरि पनि परकम्प जान सक्ने भएकाले सजग रहन आग्रह गरेको छ। केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेटदेखि ८ बजेर २६ मिनेटसम्म ४ म्याग्निच्युडभन्दा माथिका २ पटक र ४ म्याग्नेच्युडको भूकम्प एक पटक गइसकेको छ। भन्दै केन्द्रले अझै पराकम्प आउन सक्ने भएकाले सजग रहन भनेको छ।
तीनै पटक गएको भूकम्प लमजुङको भुलभुलेलाई केन्द्रविन्दु बनाएर केन्द्रले जनाएको छ।
‘लमजुङमा अझै पनि भूकम्पका परकम्प आउन सक्ने भएकाले स्थानीयलाई सजग रहन आग्रह गरेका हौं', केन्द्रका अधिकारीले भने, ‘भूकम्पको पूर्वानुमान गर्ने प्रविधि अहिलेसम्म बनेको छैन। तर, हामीले सचेत हुनैपर्छ।’
केन्द्रका अनुसार लमजुङमा सुरुमा ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युटको परकम्प गएको थियो। त्यसपछि ८ बजेर १६ मिनेटमा ४ र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको परकम्प गएको थियो।