बिहीबार, फागुन २८, २०८२

कोरोना महामारीले घट्यो मोदीको लोकप्रियता

एक अध्ययन अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा भारी गिरावट आएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं - एक अध्ययन अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा भारी गिरावट आएको छ। भारतका जनता जब कोरोना महामारीको दोस्रो लहरबाट प्रभावित बनेका छन्। अहिले दिनहुँ हजारौं मानिसको ज्यान गुमाइरहेका छन्।

National life

जनताले ज्यान गुमाइरहेको अवस्थामा प्रधानमन्त्री मोदीले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै जनता रुष्ट बनेका हुन्। सोही कारण उनको लोकप्रियता घटेको एक अध्ययनले देखाएको छ। यसलाई आश्चर्यजनक मान्न नहुने अध्ययनको निश्कर्ष छ।

मोदी सन् २०१४ मा प्रधानमन्त्री निर्वाचित भएका थिए। सन् २०१९ मा उनी दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। तर, भारतमा कोरोना महामारीले वितन्डा मच्चाउँदा मानिसहरूको बेहान भएको छ। भारतको पुरै हेल्थ सिस्टम फेल भएको छ। यो साता भारतमा अढाइ करोड जनतामा संक्रमण पुष्टि भएको छ।

अमेरिकी डेटा इन्टेलिजेन्स कम्पनी मर्निङ कन्सल्टले मोदीको लोकप्रियतालाई लिएर सर्भे गरेको थियो। सर्भेको नतिजा मंगलबार जारी भएको छ।

 मर्निङ कन्सल्टले अगस्ट सन् २०१९ देखि मोदीको लोकप्रियता माथि सर्भे सुरु गरेको थियो। त्यो बेला भन्दा अहिले मोदीको लोकप्रियतामा सबैभन्दा ठूलो गिरावाट आएको हो। मोदीको कूल रेटिङ यो साता ६३ प्रतिशत छ। 

Laxmi sunrise bank
kumari

यो अप्रिलको तुलनामा २२ प्वाइन्ट कम हो। सर्भेका अनुसार ठूला शहरमा बढिरहेको महामारीले मोदीको लोकप्रियतामा कमी आएको हो। मोदी सरकारले कोरोना नियन्त्रणका लागि उपर्युक्त कोसिश जारी राखिएको बताएको छ। यो महिना युगोभ नामको एक एजेन्सीले मोदी सरकारले सर्भे गरेको थियो।

यो सर्भेले महामारीबाट बच्न सरकारप्रति भरोसा कम भएको छ। सर्भेमा समावेश केवल ५९ प्रतिशत मानिस सरकारले संकटबाट बच्न राम्रो काम गरेको जवाफ दिएको छ। कोरोनाको पहिलो लहरमा ८९ प्रतिशतले यही जवाफ दिएका थिए। बीबीसी हिन्दीबाट

प्रकाशित: May 19, 2021| 06:48 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।