बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जोन्सन एन्ड जोन्सनको भ्याक्सिन भारतमै उत्पादन गर्ने बायोलोजिकल ईको तयारी

जोन्सन एन्ड जोन्सनको भ्याक्सिन भारतमै उत्पादन गर्ने बायोलोजिकल ईको तयारी

अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा उत्पादन गर्ने तयारी गरिएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

नयाँदिल्ली- अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा उत्पादन गर्ने तयारी गरिएको छ। भारतीय कम्पनी बायोलोजिकल ई लिमिटेडले जोन्सन एन्ड जोन्सनको भ्याक्सिन उत्पादनका लागि तयारी अघि बढाइएको जानकारी दिएको छ। 

National life

बायोलोजिकल ईले आफ्नै छुट्टै भ्याक्सिन पनि विकास गरिरहेको छ। बायोलोजिकलको आफ्नै र जोन्सन एन्ड जोन्सनको भ्याक्सिन उत्पादन सुरु भएपछि भारतमा भ्याक्सिन आपूर्तिमा सहज हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। 

'दुवै भ्याक्सिन (कम्पनी आफैँले विकास गरेको र जोन्सन एन्ड जोन्सनको) उत्पादनका लागि पूर्वाधार र प्लान्ट पूर्ण रूपमा छुट्टै हुनेछन्,' बायोलोजिकल ईकी महिमा डाल्टाले रोयटर्ससँग भनेकी छन्। तर उनले विस्तृत विवरण भने खुलाउन चाहिनन्। 

जोन्सन एन्ड जोन्सन कम्पनीले पनि बायोलोजिकल ईसँग भ्याक्सिन उत्पादनका लागि सहकार्य गर्ने तयारी भइरहेको जानकारी दिएको छ।

'विश्वभर भ्याक्सिन आपूर्ति गर्ने काममा बायोलोजिकल ईले महत्त्वपूर्ण भूमिका खेल्ने छ। विभिन्न देश तथा क्षेत्रमा हाम्रो भ्याक्सिन उत्पादनका लागि काम भइरहेको छ,' जोन्सन एन्ड जोन्सन कम्पनीका लागि भारतीय प्रतिनिधिले उल्लेख गरेको भन्दै द हिन्दू बिजनेसलाइनले समाचार प्रकाशन गरेको छ। 

Laxmi sunrise bank
kumari

भारतको हैदरावादस्थित कम्पनी बायोलोजिकल ईले आगामी अगस्ट महिनादेखि मासिक रूपमा ८ करोड डोजसम्म भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: May 19, 2021| 05:21 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।