काठमाडौं– दक्षिणी चीनको शेनजेन सहरस्थित एक प्लाजामा रहेका भवनहरु अचानक हल्लिएपछि भागदौड मच्चिएको छ।
स्थानीय प्रशासनका अनुसार यो घटना मंगलबार साँझको हो। ९८० फिट अग्लो एसईजी प्लाजामा बस्ने मानिसहरुले कम्पन महसुस गरेपछि प्लाजा खाली गरिएको छ।
भवन हल्लिएको कारणबारे अनुसन्धान भइरहेको छ। स्मरण रहोस्, त्यस समय चीनमा कहीँ पनि भूकम्प गएको थिएन।
२० वर्ष पुरानो उक्त प्लाजमा ७३ वटा साना–ठूला भवन छन्। शेनजेन सहरको बीचमा रहेको यो प्लाजा करिब सवा करोड जनसंख्या रहेको सहरवासीको मुख्य सपिङ सेन्टर हो।
सोसल मिडियामा भवनहरु हल्लिएको र मानिसहरु भागाभाग गरेको भिडियो भाइरल भइरहेको छ। मानिसहरु चकित छन्– भूकम्प गएको छैन भने भएको के हो?
चीनको सरकारी अखबार द ग्लोबल टाइम्सका अनुसार घटना भएको समयमा त्यहाँ थुप्रै मानिस थिए। प्लाजाको आसपास जमिन भासिएको वा फाटेको पनि भेटिएको छैन। भवनको बाहिरी भागमा पनि कुनै क्षति भएको छैन।
चीनमा बेलाबेला अग्ला भवनहरु ढलेको खबर आइरहन्छ। गत वर्ष मे मा एक होटलको भवन भत्किँदा २९ जनाको ज्यान गएको थियो। उक्त होटललाई कोरोना महामारीको समयमा आइसोलेसन सेन्टरको रुपमा प्रयोेग गरिएको थियो।
–बीबीसी
剛剛中午時分,位於深圳華強北,樓高73層的賽格電子大廈突然搖晃,原因不明也沒地震!樓宇內人群和樓下人群紛紛逃命! pic.twitter.com/aoixkH6OeY
— 風再起時【香港挺郭后援會3】 (@dZnJUCdo4FlZqgd) May 18, 2021