आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर प्रदेशमा कोरोनाबाट मृत्यु हुने मन्त्रीको संख्या तीन पुग्यो

उत्तर प्रदेशमा कोरोनाबाट मृत्यु हुने मन्त्रीको संख्या तीन पुग्यो

भारतको उत्तर प्रदेश प्रान्तमा कोरोना संक्रमणबाट थप एक मन्त्रीको मृत्यु भएको छ। पछिल्लोपटक मंगलबार राज्यका बाढी नियन्त्रण र राजस्व राज्यमन्त्री विजय कश्यपको मृत्यु भएको हो।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

National life

नयाँदिल्ली– भारतको उत्तर प्रदेश प्रान्तमा कोरोना संक्रमणबाट थप एक मन्त्रीको मृत्यु भएको छ। पछिल्लोपटक मंगलबार राज्यका बाढी नियन्त्रण र राजस्व राज्यमन्त्री विजय कश्यपको मृत्यु भएको हो।

यो सहित उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने मन्त्रीको संख्या तीन पुगेको छ। कश्यपको गुडगाँवस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मुजफ्फरनगरको चरथावल विधानसभा क्षेत्रबाट विधायक बनेका कश्यप अघिल्लो साता संक्रमित भएका थिए।

यसअघि कोरोनाको पहिलो लहरमा दुई मन्त्री चेतन चौहान र कमल रानी वरुणको मृत्यु भएको थियो। कश्यपको मृत्युमा मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गरेका छन्। बीबीसी

प्रकाशित: May 19, 2021| 05:12 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।