बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिमण्डल विस्तार गर्दै गण्डकीका मुख्यमन्त्री गुरुङ 

मन्त्रिमण्डल विस्तार गर्दै गण्डकीका मुख्यमन्त्री गुरुङ 

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

पोखरा - गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार तत्काललाई सानो आकारको मन्त्रिमण्डल बनाइने छ। नयाँ मन्त्रिमण्डलको केही मन्त्रालयमा पुरानै अनुहार दोहोरिने जनाइएको छ। 

जसअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयमा किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्रालयमा रामशरण बस्नेत दोहोरिने स्रोतले जानकारी दिएको छ।

यसैगरी मुख्यमन्त्री गुरुङको राजीनामाको केही दिन अघिमात्रै नियुक्त भएका राजीव गुरुङ (दीपक मनाङे)ले पनि निरन्तरता पाउने सचिवालयले जनाएको छ। 

वैशाख २९ गते पुनः मुख्यमन्त्रीको शपथ लिएपछि उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन्। कोरोना संक्रमणका कारण हाल उनी होम आइसोलेसनमै छन्।

प्रकाशित: May 19, 2021| 05:03 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।