बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • वित्तीय अपराधको आरोपमा ट्रम्पको कम्पनीमाथि अनुसन्धान सुरु

वित्तीय अपराधको आरोपमा ट्रम्पको कम्पनीमाथि अनुसन्धान सुरु

अमेरिकाका (पूर्व)राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेसनमाथि वित्तीय अपराध गरेको आरोपमा अनुसन्धान सुरु भएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

न्युयोर्क- अमेरिकाका (पूर्व)राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेसनमाथि वित्तीय अपराध गरेको आरोपमा अनुसन्धान सुरु भएको छ। मंगलबार न्युयोर्क महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति ट्रम्पको कम्पनीमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिएको हो।

National life

महान्यायाधिवक्ता लेटिसिया जेम्सले ट्रम्पको कम्पनीमाथि अनुसन्धान अघि बढाएकी छन्। ट्रम्प अर्गनाइजेसनले अधिक कर्जा प्राप्त गर्न र कर छली गर्न सम्पत्तिको गलत मूल्यांकन पेस गरेको आरोप लागेको छ। 

'हामीले ट्रम्प अर्गनाइजेसनविरुद्ध अनुसन्धान गर्ने जानकारी सम्बन्धित कम्पनीलाई पनि गराइसकेका छौँ,' महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता फेबियन लेभीले भने, 'हामीले ट्रम्प अर्गनाइजेसनका आपराधिक क्रियाकलापविरुद्ध सक्रियताका साथ अनुसन्धान गरिरहेका छौँ।'

यस विषयमा ट्रम्प अर्गनाइजेसनले आधिकारिक रूपमा भने कुनै प्रतिक्रिया दिएको छैन। तर ट्रम्पले आफ्नो कम्पनीविरुद्ध राजनीतिक जालसाजी साँध्न खोजिएको आरोप लगाएका छन्। 

अमेरिकी राष्ट्रपतिका लागि भएको गत निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए। राेयटर्स

Laxmi sunrise bank
kumari

प्रकाशित: May 19, 2021| 04:41 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।