बुधबार, भदौ १०, २०८३

मोरङमा घाँटी रेटेर महिलाको हत्या 

मोरङको रंगेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान एक महिलाको शव फेला परेको छ। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

विराटनगर - मोरङको रंगेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान एक महिलाको शव फेला परेको छ। 

रंगेली–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रंगेली-३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो। 

पानी नभएको सुख्खा नहरमा हत्या गरेर फालेको अवस्थामा शव भेटिएको राईले जानकारी  दिए। 

प्रहरीका अनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन। हत्याकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित: May 19, 2021| 04:08 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।