बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता गगन थापाले सुरु गरे नि:शुल्क यातायात सेवा

कांग्रेस नेता गगन थापाले सुरु गरे नि:शुल्क यातायात सेवा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थाले नि:शुल्क यातायात सेवा सुरु गरेका छन्।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले लागि नि:शुल्क यातायात सेवा सुरु गरेका छन्। आइसोलेसन सेन्टर, अस्पताल र परीक्षण केन्द्र आउनजानका लागि काठमाडौं क्षेत्र नम्बर ४ बासीहरूका लागि निशुल्क यातायात सेवा सुरु गरिएको थापाले जानकारी दिएका हुन्। 

कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा रहेका, अस्पताल जान-आउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान समस्या भएकाहरूलाई सहयोग पुग्नेगरी काठमाडौं क्षेत्र नम्बर ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरिएको उनले बताए।

उनले ९८५१०९६३०३, ९८५१०७२१२९ वा ९८५१०७२१२९ मा सम्पर्क गरेर सहज रुपमा सवारी पाउन सक्ने जनाएका छन्। यसका साथै हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिने उनले बताएका छन्।

निषेधाज्ञाको समयमा सार्वजनिक सवारी साधन संचालनमा नरहेको र उपचार पाउनुपर्ने सबै नागरिकको पहुँचमा निजी सवारीको पहुँच नहुँदा अस्तपाल आउनजान कठिनाइ छ।

प्रकाशित: May 19, 2021| 02:47 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।